Kathmandu University High School
Cultivating socially responsible & sensible citizensभूउपग्रह परियोजनालाई Nepal Investment Bank को आर्थिक सहयोग
काठमाडौं युनिभर्सिटि हाइ स्कुलमा अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०२१ नोभेम्बरदेखि माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराई भूउपग्रह (नेपाली स्याट २) निर्माण कार्य आरम्भ गरेको थियो । काभ्रे जिल्लाको काठमाडौं युनिभर्सिटि हाइ स्कुल, सञ्जीवनी नमुना मा.वि, चैतन्य मा. वि. र आजाद मा.वि. बनेपाका कुल ९ जना कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको सहभागितामा काठमाडौं युनिभर्सिटि हाइ स्कुलको प्रयोगशालामा हाल उक्त परियोजनाको कार्य तीव्र गतिमा भइरहेको छ ।
सोे परियोजनामा विद्यार्थीहरुले पहिलो Boot Camp डिसेम्बर ३१ २०२१ मा सम्पन्न गरेका थिए ।
यसैसँग सम्बन्धित Misson Definition Review अप्रिल २०२२ मा सम्पन्न भएको थियो । यसको प्रारम्भिक भ्लनष्लभचष्लन Enginering Model २०२२ अगस्ट ३१ मा पूरा भइसकेको छ । हाल यस नमुनाको दोस्रो चरणको वास्तविक कार्य आरम्भ भएको छ । यस अभियानको प्रमुख उद्देश्य विद्यालय तहका विद्यार्थीहरुबाट भूउपग्रह (नेपाली स्याट २) निर्माण गरी सन् २०२३ सम्ममा 1 U Cube Sat अन्तरिक्षमा प्रक्षेपण गर्नु हो । यो विश्वमा नै माध्यमिक विद्यालय तहका विद्यार्थीबाट निर्माण गरिएको पहिलो उपग्रह हुने दाबी परियोजनाका परिकल्पनाकार डा. आभाश मास्केको रहेको छ ।
यस परियोजना कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र Institute of Space Technology For Economic Development (INSTED) थाइल्यान्डको सहयोग प्राप्त छ । परियोजनाका परिकल्पनाकार नेपाली वैज्ञानिक डा. आभाश मास्के जस्ले यस अघि 2019 April 17 मा पहिलो अघि नेपाली भूउपग्रह (नेपाली स्याट १) निर्माण गरी सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।
यस परियोजनालाई सम्पन्न गर्न ठूलै आर्थिक लगानी पनि चाहिने हुनाले विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुबाट सहयोग प्राप्त हुँदै आएको छ । आर्थिक सहयोग गर्ने क्रममा हालै नेपाल इन्भेस्टमेन्ट बैंकबाट रु ५,००,०००/- (पाँच लाख) प्राप्त भएको छ । उक्त रकम यस बैंकका बनेपा शाखाका प्रबन्धक श्री लोकदीप भोछिभोयाबाट एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक तेजेन्द्रप्रकाश राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा परियोजनाका सम्बन्धमा गहिरो अभिरुचि राख्दै प्रबन्धक भोछिभोयाले यो महान अभियानमा नेपाल इन्भेस्टमेन्ट बैंक पनि सहभागी हुन पाएकोमा गौरवान्वित भएको बताउनु भयो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले परियोजनाको अभियानलाई आर्थिक सहयोग उपलब्ध गराएकोमा नेपाल इन्भेस्टमेन्ट बैंक बनेपा शाखाका प्रबन्धक लोकदीप भोछिभोय र उहाँमार्फत नेपाल इन्भेस्टमेन्ट वैंक परिवारलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो ।