- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources

Author: सुश्मिता श्रैष्ठा
हुर्कायौं गुँडमा र प्वाख भरिए सन्तान लाग्यौ पर
माया मोह अनन्त लाग्छ सँधै साथी छ लौरी तर
तिम्रो त्रास म देख्छु बुझ्छु अहिले उस्तै अनियता
हाम्रो भेट अवश्य हुन्छ सहजै हाँसेर बस्नु त्यता।
यि मेरा स्तनको छ तागत अझै बिर्सेर रुन्छौ किन
कालो रात सकिन्छ निश्चय छिटै फिर्छन् सुनौला दिन
आमाको मुटु दुख्छ बाबैत त्यसरी आँखा भिजायौ भने
आधा रोग निलाल हुन्छ मनको हाँसो सुनायौ भने।
यत्रो सङ्कटमा करोडौं मनको एउटै त हो वेदना
रोए हुन्न विषाणु दुर अहिले बोक्नु नयाँ चेतना
उम्रेको जरुवार अनि हितको पानी पिएको तिमी
कोदो, गुन्द्रुक, सिस्नु, फापरसँगै हौ हुर्केको तिमी।
सानामा पनि बारबार किटाणु लागे पचायौ कति
बग्छन् पर्वतकाबुटी रगतमा बन्नु तिमी हिम्मती
जो निस्कन्छ हतारिएर पथमा उस्को भने हार हो
आशा मार्नु हुदै हुदैन नरले विश्वास संसार हो।
खानु मिल्दछ जे मिठो र नमिठो आफ्नै छहारी मुनि
राख्नु धैर्य सबै सबै कहर यो सम्लिन्छ पक्कै पनि
गर्दैछन् कति खोज रात दिनै विज्ञानका साधक
लड्दैछन् रणमा चिकित्सकहरू हाम्रै बनि रक्षक।
आफ्नो ख्याल गरेस् तनाव नलिएस् भन्दैछु गाठी कुरो
सक्छौ हेर जीवाणु सजिलै जित्न छाती बनाउ दरो।।।।
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails