- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
यस विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम विद्यालयमा रहेका प्रयोगमा नरहेका फर्निचर तथा फलाम/मेटलजन्य जिन्सी सामग्रीहरू डाँक लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाहरूबाट प्रस्ताव आह्वान गरिन्छ ।
लिलाम सामग्रीहरू देहायबमोजिम विभाजन गरिएको छ:
इच्छुक पक्षहरूले सामग्रीको स्थलगत निरीक्षण गरी आफ्नै मूल्याङ्कनका आधारमा प्रस्ताव पेश गर्नुपर्नेछ । लिलाम सामग्रीहरूको विवरण प्रारम्भिक (Tentative) रहेको र अन्तिम परिमाण/विवरण आवश्यक प्रमाणीकरणपछि यकिन गरिनेछ ।
स्थलगत निरीक्षण, विस्तृत सूचना, सामग्री विवरण (Annexure) तथा दर प्रस्ताव फाराम विद्यालयको कार्यालय/वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
प्रस्ताव पेश गर्ने अन्तिम मिति: २०८३/०४/२५
काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
चौकोट, काभ्रेपलाञ्चोक
विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०४/०१ को निर्णय बमोजिम विद्यालयमा रहेका प्रयोगमा नरहेका तथा भविष्यमा प्रयोगमा आउन कठिन देखिएका फर्निचर तथा फलाम/मेटलजन्य जिन्सी सामग्रीहरू डाँक लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री/व्यवस्थापन गर्न लागिएको हुँदा इच्छुक व्यक्ति, फर्म वा संस्थाहरूबाट प्रस्ताव आह्वान गरिन्छ ।
लिलाम प्रक्रिया निम्न दुई Lot अन्तर्गत सञ्चालन गरिनेछ:
Lot–1: प्रयोगविहीन फर्निचर तथा सम्बन्धित सामग्रीहरू
यस Lot अन्तर्गत विद्यालय परिसरमा रहेका प्रयोगविहीन फर्निचर तथा सम्बन्धित सामग्रीहरू समावेश हुनेछन् ।
मुख्य सामग्रीहरू:
प्रस्ताव गर्ने आधार:
सम्पूर्ण Lot–1 को लागि एकमुष्ट रकम (Lump Sum Amount)
Lot–2: फलाम/मेटलजन्य सामग्रीहरू
यस Lot अन्तर्गत विद्यालयमा रहेका प्रयोगविहीन फलाम तथा मेटलजन्य सामग्रीहरू समावेश हुनेछन् ।
मुख्य सामग्रीहरू:
प्रस्ताव गर्ने आधार:
प्रति केजी दर (Rate per Kg): यस Lot अन्तर्गतको अन्तिम तौल सामग्री उठाउने समयमा विद्यालय प्रतिनिधिको रोहबरमा यकिन गरिनेछ । भुक्तानी वास्तविक तौल (Actual Weight) को आधारमा प्रस्तावित प्रति केजी दरअनुसार गरिनेछ ।
सामग्री विवरण सम्बन्धी जानकारी
लिलाम सामग्रीहरूको प्रारम्भिक विवरण अनुसूची–१ (Annexure–1) मा संलग्न गरिएको छ ।
उक्त विवरण:
स्थलगत निरीक्षण (Site Inspection)
इच्छुक व्यक्ति, फर्म वा संस्थाहरूले लिलाम सामग्रीहरूको अवस्था बुझ्न विद्यालय परिसरमा उपस्थित भई निरीक्षण गर्न सक्नेछन् ।
निरीक्षण मिति: २०८३/०४/१९ देखी २०८३/०४/२२
समय: ११ बजे देखि २ बजेसम्म
स्थान: KUHS
निरीक्षणका क्रममा प्रस्तावदाताले; सामग्रीको अवस्था, उपलब्धता, प्रयोगयोग्यता, सम्भावित मूल्य, आफैं मूल्याङ्कन गर्नुपर्नेछ ।
प्रस्ताव पेश गर्ने प्रक्रिया
इच्छुक पक्षहरूले विद्यालयबाट उपलब्ध गराइएको दर प्रस्ताव फाराम प्रयोग गरी आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ ।
प्रस्तावमा:
Lot–1: फर्निचर सामग्रीका लागि एकमुष्ट रकम उल्लेख गर्नुपर्नेछ ।
Lot–2: फलाम/मेटल सामग्रीका लागि प्रति केजी दर उल्लेख गर्नुपर्नेछ ।
प्रस्ताव पेश गर्ने अन्तिम मिति
मिति: २०८३/०४/२५
प्रस्ताव पेश गर्ने स्थान: विद्यालय प्रशासन कार्यालय
महत्वपूर्ण सर्तहरू
१. लिलाम सामग्रीहरू "जस्तो छ, जहाँ छ" (As Is Where Is Basis) को आधारमा बिक्री गरिनेछन् ।
२. प्रस्तावदाताले सामग्रीको स्थलगत निरीक्षण गरी आफ्नै मूल्याङ्कनका आधारमा प्रस्ताव पेश गरेको मानिनेछ ।
३. Lot–1 अन्तर्गतको फर्निचर सामग्रीको हकमा प्रस्ताव एकमुष्ट आधारमा स्वीकार गरिनेछ। सामग्री संख्या परिवर्तन भए पनि स्वीकृत एकमुष्ट रकममा नै बिक्री प्रक्रिया सम्पन्न हुनेछ ।
४. लिलाम प्रक्रिया अवधिमा पहिचान भएका समान प्रकृतिका थप प्रयोगविहीन सामग्रीहरू सम्बन्धित Lot मा समावेश गर्न सकिनेछ ।
५. Lot–2 अन्तर्गतको फलाम/मेटल सामग्रीको अन्तिम तौल सामग्री उठाउने समयमा यकिन गरिनेछ ।
६. सामग्री छुट्याउने, उठाउने, लोडिङ, ढुवानी तथा अन्य सम्पूर्ण खर्च खरिदकर्ताले व्यहोर्नुपर्नेछ ।
७. स्वीकृत पक्षले तोकिएको समयभित्र रकम दाखिला गरी सामग्री उठाई लैजानुपर्नेछ ।
८. विद्यालयले प्राप्त प्रस्तावहरूमध्ये उपयुक्त प्रस्ताव स्वीकार गर्नेछ। कुनै वा सबै प्रस्ताव स्वीकार नगर्ने अधिकार विद्यालयमा सुरक्षित रहनेछ ।
थप जानकारी
काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
अनुसूची–१ (Annexure–1)
डाँक लिलामका लागि प्रस्तावित प्रयोगविहीन फर्निचर तथा फलाम/मेटलजन्य सामग्रीहरूको प्रारम्भिक विवरण
नोट:
यस अनुसूचीमा समावेश सामग्री विवरण प्रारम्भिक (Tentative) विवरण हो। उक्त विवरण स्थलगत अवलोकन तथा उपलब्ध जिन्सी अभिलेखका आधारमा तयार गरिएको हो। आवश्यक प्रमाणीकरणका क्रममा सामग्रीको अवस्था, विवरण वा परिमाणमा आवश्यक संशोधन हुन सक्नेछ।
Lot–1: प्रयोगविहीन फर्निचर तथा सम्बन्धित सामग्रीहरू
|
क्र.सं. |
सामग्री |
परिमाण |
|
१ |
टेबल (काठको) |
१४ |
|
२ |
काठको दराज |
४ |
|
३ |
लुगा ह्याङ्गर (काठ) |
५ |
|
४ |
काठ कुर्सी |
२ |
|
५ |
काठका बङ्क बेड / बङ्क बेड सेट |
(निरीक्षणपछि संख्या निर्धारण गर्ने) |
(सम्पूर्ण फर्निचर सामग्री समावेश गरिने)
Lot–2: फलाम/मेटलजन्य सामग्रीहरू
|
क्र.सं. |
सामग्री |
परिमाण |
|
१ |
स्टिल दराज |
५ |
|
२ |
आल्मुनियम बाटा |
२ |
|
३ |
फलामको पिरा |
२ |
|
४ |
मेटल दराज |
२ |
|
५ |
मेटल र्याक |
१ |
|
६ |
फलामका कुर्सी |
७ |
|
७ |
मेटल कुर्सी |
१ |
|
८ |
लुगा ह्याङ्गर (फलाम) |
३ |
|
९ |
लुगा ह्याङ्गर |
२ |
|
१० |
मेटलको भाडा राख्ने बास्केट |
२ |
|
११ |
जुत्ता राख्ने स्ट्यान्ड |
१ |
|
१२ |
लुगा झुन्ड्याउने स्ट्यान्ड |
१ |
|
१३ |
किचन टेबल (मेटल) |
१ |
|
१४ |
किचन टेबल |
१ |
|
१५ |
फलामका बङ्क बेड / बङ्क बेड सेट |
(निरीक्षणपछि संख्या निर्धारण गर्ने) |
विशेष जानकारी:
१. Lot–1 अन्तर्गतका सामग्रीहरू एकमुष्ट (Lump Sum) आधारमा बिक्री गरिनेछ ।
२. Lot–2 अन्तर्गतका सामग्रीहरूको अन्तिम तौल सामग्री उठाउने समयमा यकिन गरिनेछ ।
३. इच्छुक पक्षले स्थलगत निरीक्षण गरी आफ्नो मूल्याङ्कनका आधारमा प्रस्ताव पेश गर्नुपर्नेछ ।
काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
चौकोट, काभ्रे
डाँक लिलाम बढाबढ
दर प्रस्ताव फाराम (Bid/Offer Form)
प्रयोगविहीन फर्निचर तथा फलाम/मेटलजन्य जिन्सी सामग्री खरिदका लागि दर प्रस्ताव
श्रीमान् प्रधानाध्यापकज्यू,
म/हामीले विद्यालयमा रहेको प्रयोगविहीन फर्निचर तथा फलाम/मेटलजन्य जिन्सी सामग्रीहरूको सम्बन्धमा प्रकाशित डाँक लिलाम बढाबढ सूचना अध्ययन गरी तथा उपलब्ध सामग्रीहरूको स्थलगत निरीक्षण गरी देहायबमोजिम दर प्रस्ताव गर्दछु/गर्दछौं ।
प्रस्तावित दर विवरण
Lot–1: प्रयोगविहीन फर्निचर तथा सम्बन्धित सामग्रीहरू
विद्यालय परिसरमा उपलब्ध प्रयोगविहीन फर्निचर तथा सम्बन्धित सामग्रीहरूको सम्पूर्ण Lot खरिद गर्न प्रस्तावित रकम:
रु. ........................................ मात्र
अक्षरेपी:
Lot–2: फलाम/मेटलजन्य सामग्रीहरू
फलाम/मेटलजन्य सामग्रीहरूको लागि प्रस्तावित दर:
रु. ......................... प्रति केजी
अक्षरेपी:
प्रस्तावदाता विवरण
|
व्यक्ति/फर्मको नाम |
प्रतिनिधिको नाम |
|
सम्पर्क नं. |
इमेल |
|
PAN/VAT नं. |
छाप |
घोषणा
म/हामीले:
१. लिलाम सामग्रीहरूको स्थलगत निरीक्षण गरेको छु/छौं वा निरीक्षण गर्ने अवसर प्राप्त गरेको छु/छौं।
२. सामग्रीहरूको अवस्था, उपलब्धता तथा प्रयोगयोग्यता बुझी आफ्नै मूल्याङ्कनका आधारमा यो दर प्रस्ताव गरेको छु/छौं।
३. Lot–1 अन्तर्गतको फर्निचर तथा सम्बन्धित सामग्रीहरू एकमुष्ट (Lump Sum) आधारमा र Lot–2 अन्तर्गतको फलाम/मेटल सामग्रीहरू वास्तविक तौल (Actual Weight) को आधारमा खरिद गर्न सहमत छु/छौं।
४. लिलाम सामग्रीहरू "जस्तो छ, जहाँ छ" (As Is Where Is Basis) को आधारमा स्वीकार गर्नेछु/छौं।
५. सामग्री उठाउने, लोडिङ, ढुवानी तथा अन्य सम्पूर्ण खर्च स्वयं व्यहोर्नेछु/छौं।
प्रस्तावदाता:
नाम:
हस्ताक्षर:
मिति:
छाप:
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails