Secondary logo

करार कर्मचारी माग सम्बन्धी सूचना

2026-11-16

View PDF
करार कर्मचारी माग सम्बन्धी सूचना
काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
करार कर्मचारी माग सम्बन्धी सूचना
(प्रकाशित मिति: २०८३/०८/०१)


विद्यालयको चमेना गृहमा खाना तथा खाजा तयार गर्न सहयोग पुर्‍याउने उद्देश्यले देहायबमोजिमको करार कर्मचारी आवश्यक भएकाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।


पद
 विवरण

पद: कुक (करार)
संख्या: १ (एक)

न्यूनतम योग्यता

  • न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण भएको ।
  • खाना पकाउने कार्यमा रुचि तथा सिक्ने तत्परता भएको ।
  • खाना पकाउने आधारभूत ज्ञान वा सीप भएको ।
  • खाद्य स्वच्छता तथा सरसफाइसम्बन्धी आधारभूत ज्ञान भएको ।
  • जिम्मेवार, अनुशासित तथा समूहमा मिलेर काम गर्न सक्ने ।
  • विद्यालय वा संस्थागत चमेना गृहमा खाना पकाउने कार्यको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

मुख्य जिम्मेवारीहरू

  • खाना पकाउन आवश्यक सामग्री तथा उपकरणहरू तयार गर्ने ।
  • तरकारी काट्ने, सामग्री सफा गर्ने तथा खाना पकाउन सहयोग गर्ने ।
  • तोकिएको मेनुअनुसार खाना तथा खाजा तयार गर्ने र पस्कने ।
  • भान्सा, भाँडाकुँडा तथा उपकरणहरूको सरसफाइ कायम गर्ने ।
  • खाद्य सामग्रीको उचित भण्डारण तथा मौज्दात व्यवस्थापनमा सहयोग गर्ने ।
  • मुख्य कुक तथा विद्यालय व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने ।


प्रारम्भिक
करार अवधि: १ (एक) वर्ष (नवीकरणयोग्य) ।


आवेदन
प्रक्रिया

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा शैक्षिक योग्यता र कार्यानुभवसम्बन्धी प्रमाणपत्र (भएमा) सहित २०८३ साल मंसिर १५ गते दिउँसो १:०० बजेसम्म विद्यालय प्रशासन कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
चौकोट, काभ्रेपलाञ्चोक, नेपाल

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails