Secondary logo

मौजुदा सूची दर्ता सम्बन्धी सूचना

2024-09-23

मौजुदा सूची दर्ता सम्बन्धी सूचना

काठमाडौं युनिर्भसिटि हाइ स्कुल
मौजुदा सूची दर्ता सम्बन्धी सूचना
(प्रकाशित मिति २०८१/०६/०८)

यस विद्यालयमा आ.व २०८१/०८२ को लागि आवश्यक पर्ने तपशिलमा उल्लेखित सेवा तथा सामानहरु आपुर्ति गराउनका लागि सम्बन्धित विषयको कारोवार गर्ने इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुबाट मौजुदा सूचि (Standing List) दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस विद्यालयमा कार्यालय खुलेको दिनमा २:०० बजे भित्र सूची दर्ताको निवेदन सहित विद्यालय प्रशासनमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरणको लागि विद्यालयको website: https://kuhs.edu.np हेर्न सकिनेछ ।

आपुर्ति गर्नुपर्ने सामाग्रीहरु तथा सेवाहरु :

  1. प्रेस सम्बन्धी कार्य ।
  2. स्टेशनरी तथा मसलन्द ।
  3. कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरका सामाग्री र मर्मतसेवा ।
  4. काठ तथा मेटलका फर्निचर तथा फनिसिङ्ग र मर्मत सेवा ।
  5. फ्लेक्स सम्वन्धी कार्य ।
  6. ईलेक्ट्रीक सामान ।
  7. हार्डवेयरका तथा सर सफाईका सामान ।
  8. खेलकुदका सामान ।

आवश्यक कागजातहरु :

  • सूची दर्ता निवेदन ।
  • रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपि ।
  • नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • मूल्यअभिबृद्धि कर (PAN/VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • पछिल्लो पटकमा कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।
  • उत्पादन तथा बिक्री गरिने प्रमुख वस्तु तथा सेवाहरुको विवरण ।
  • नेपाल सरकार वा अन्य सामाजिक संघ/संस्थाहरुमा सामान आपूर्ति गरेको भए सो को विवरण ।

नोट : सुचीकृत हुन निवेदन दिनेहरु मध्येबाट उपयुक्त ठहरिएका फर्म कम्पनीलाई मात्र सुचीकृत गरिने छ । सुचिकृत मध्येवाट कार्यालयले आवश्यक सामान तथा सेवाहरु आवश्यकता अनुसार कोटेशन वा शिलबन्दी दरभाउपत्रको माध्यमवाट खरिद गर्ने छ । सुचिकृत भएका सवै विक्रेता, फर्म, उद्योग एवं सप्लायर्सवाट सामान वा सेवा खरिद गर्न कार्यालय बाध्य हुने छैन।

सम्पर्कः
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे
फोनः ०११ ४९०३९५

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails