Secondary logo

Package 3: मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी पुनः सूचना

2026-07-30

View PDF
Package 3: मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी पुनः सूचना
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे
Package 3: मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी पुनः सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३ साल श्रावण १४ गते)

यस विद्यालयबाट मिति २०८३ साल असार २४ गते प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना अन्तर्गत रहेको Package 3: मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति (Supply of Meat and Egg Related Items) सम्बन्धी दरभाउपत्र प्रक्रिया काभ्रे जिल्लामा देखिएको बर्ड फ्लु (Avian Influenza) संक्रमणका कारण मिति २०८३ साल असार २९ गते देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएकोमा हाल उक्त प्रक्रिया पुनः सञ्चालन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।

यस सम्बन्धमा योग्य, अनुभवी तथा प्रचलित कानूनबमोजिम दर्ता भएका इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीहरूलाई देहायबमोजिम सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिन्छ ।

मुख्य विवरण

प्याकेज: Package 3 – मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति (Supply of Meat and Egg Related Items)

दरभाउपत्र पेश गर्ने अन्तिम मिति: २०८३ साल श्रावण २० गते, दिउँसो २:०० बजे सम्म

दरभाउपत्र बुझाउने स्थान: Office of School Manager, काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS), चौकोट, काभ्रे

इच्छुक आपूर्तिकर्ताहरूले यसअघि प्रकाशित विस्तृत सूचना, प्राविधिक विवरण (Specifications), योग्यता, दरभाउपत्र फाराम तथा अन्य सर्तहरू बमोजिम दरभाउपत्र पेश गर्न सक्नेछन् । पूर्व प्रकाशित सूचनाका अन्य सबै शर्त तथा प्रावधानहरू यथावत् रहनेछन् ।

वेबसाइट: www.kuhs.edu.np

थप जानकारीका लागि

Office of School Manager
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे

 

काठमाडौं युनिभर्सिटी हाई स्कुल
चौकोट, काभ्रे
सिलबन्दी दरभाउ आह्वान सम्बन्धी विस्तृत सूचना
मासुजन्य तथा अण्डा आपूर्ति

काठमाडौं युनिभर्सिटी हाई स्कुलका लागि आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने मासुजन्य तथा अण्डा सामग्रीहरूको नियमित आपूर्तिका लागि इच्छुक, योग्य तथा प्रचलित कानूनबमोजिम दर्ता भएका फर्म/कम्पनीहरूबाट सिलबन्दी दरभाउ (Sealed Quotation) आह्वान गरिन्छ ।

दरभाउ कागजात प्राप्त गर्ने प्रक्रिया

दरभाउ कागजात (Notice, Specifications तथा Quotation Form) विद्यालयको कार्यालयबाट वा विद्यालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

दरभाउ पेश गर्दा रु. १,५००/- (अक्षरेपी: एक हजार पाँच सय रुपैयाँ मात्र) को फिर्ता नहुने भुक्तानी रसिद (Voucher/Receipt) अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। भुक्तानी रसिद नभएको दरभाउ स्वीकार गरिने छैन ।

दरभाउ कागजात विद्यालयको कार्यालयबाट वा विद्यालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

भुक्तानीका लागि बैंक विवरण देहायबमोजिम हुनेछन्:

खाताको नाम: KU High School

बैंकको नाम: Nepal Investment Mega Bank Limited (NIMB)

खाता नम्बर: 00505030250122

शाखा: बनेपा (Banepa)

 

दरभाउ कागजात शुल्क तथा प्रमाण

दरभाउ कागजात शुल्कबापत गरिएको भुक्तानीको मूल रसिद (Voucher/Receipt) दरभाउ पेश गर्दा सिलबन्दी खामबाहिर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

योग्यताको आधार तथा आवश्यक कागजातहरू

  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  • VAT/PAN दर्ता प्रमाणपत्र
  • आ.व. २०८१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्र वा मान्य कर विवरण
  • अधिकृत प्रतिनिधिको हस्ताक्षर अधिकार प्रमाण (आवश्यक परे)
  • पूर्ण रूपमा भरिएको दरभाउ फाराम (हस्ताक्षर र छापसहित)
  • भुक्तानी रसिद (Voucher/Receipt)

दरभाउ पेश गर्ने तरिका

  • प्रत्येक वस्तुको एकाइ दर (Unit Price) अंक तथा अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
  • दरमा लागू हुने सम्पूर्ण कर, ढुवानी, प्याकिङ, लोडिङ/अनलोडिङ तथा अन्य खर्च समावेश हुनुपर्नेछ ।
  • दरभाउ सिलबन्दी खाममा पेश गर्नुपर्नेछ ।
  • खामको बाहिर स्पष्ट रूपमा लेख्नुपर्नेछः “Quotation for Supply of Meat and Eggs Related Items for KUHS (२०८३/०८४)”

दरभाउ बुझाउने अन्तिम मिति

दरभाउ २०८३ साल श्रावण २० गते दिउँसो २:०० बजेसम्म Office of School Manager, चौकोट, काभ्रेमा बुझाइसक्नुपर्नेछ ।

दरभाउ खोल्ने

दरभाउ खोल्ने मिति, समय तथा स्थान सम्बन्धित दरभाउदाताहरूलाई पछि सूचना दिइनेछ ।

आपूर्ति सम्बन्धी प्रमुख शर्तहरू

  • तोकिएका दिनहरूमा तोकिएको परिमाणमा मासु तथा अण्डा नियमित रूपमा उपलब्ध गराउनुपर्नेछ ।
  • बोलपत्रमा प्रस्ताव गरिएको दर/रेट सम्झौता अवधिभर कायम रहनेछ र खरिदकर्ताको पूर्वलिखित स्वीकृति बिना कुनै मूल्य वृद्धि गर्न पाइने छैन ।
  • बोलपत्रमा उल्लेखित दर/रेटमा लागू हुने मूल्य अभिवृद्धि कर (VAT), अन्य सबै कर, ढुवानी, प्याकेजिङ, लोडिङ/अनलोडिङ तथा आपूर्तिसँग सम्बन्धित सम्पूर्ण खर्च समावेश भएको मानिनेछ।
  • आपूर्ति गरिने मासु तथा अण्डा ताजा, स्वच्छ, गुणस्तरीय तथा नेपाल सरकारद्वारा तोकिएको खाद्य मापदण्डअनुसार हुनुपर्नेछ ।
  • कुखुराको मासुमा घाँटी, टाउको, खुट्टा तथा पखेटा बाहेकका भाग मात्र समावेश भएको हुनुपर्नेछ ।
  • आपूर्ति गरिने कुखुराको मासु कम्तीमा २ (दुई) किलोग्राम तौल भएका जीवित कुखुराबाट तयार गरिएको हुनुपर्नेछ।
  • मासु उचित सरसफाइका साथ प्रशोधन गरिएको हुनुपर्नेछ र रौँ, आन्द्रा, नङ्ग्रा तथा अन्य अखाद्य अङ्ग वा फोहोर मिसिएको हुनुहुँदैन ।
  • बासी, दुर्गन्ध आउने, बिग्रिएको वा गुणस्तरहीन मासु तथा अण्डा आपूर्ति गरिने छैन। त्यस्ता सामग्री फेला परेमा खरिदकर्ताले अस्वीकार गर्न सक्नेछ र आपूर्तिकर्ताले आफ्नै लागतमा तुरुन्त प्रतिस्थापन गर्नुपर्नेछ । साथै, आपूर्तिकर्ताले अस्वीकृत सामग्रीको मूल्यको १०% जरिवाना तथा खरिदकर्तालाई भएको वास्तविक नोक्सानीसमेत व्यहोर्नुपर्नेछ
  • कुखुराको मासु जीवित कुखुरा जोखी तयार गरिएको हुनुपर्नेछ र आवश्यक परेमा खरिदकर्ताको प्रतिनिधिको उपस्थितिमा जोख्नुपर्नेछ ।
  • पहिलो महिनाको भुक्तानी रकम सम्झौता सुरक्षणस्वरूप धरौटी राखिनेछ ।
  • सम्झौता भंग गर्न चाहेमा कुनै पनि पक्षले कम्तीमा १ महिनाको पूर्वलिखित सूचना अर्को पक्षलाई दिनुपर्नेछ।
  • सम्झौताको अवधि आर्थिक वर्ष २०८३/०८४ को अन्त्यसम्म कायम रहनेछ ।

संस्थाको अधिकार

विद्यालयलाई कुनै वा सबै दरभाउ स्वीकार वा अस्वीकार गर्ने, आंशिक रूपमा स्वीकार गर्ने वा सम्पूर्ण प्रक्रिया रद्द गर्ने पूर्ण अधिकार सुरक्षित रहनेछ ।

सम्पर्क विवरण

Office of School Manager
KU High School
चौकोट, काभ्रे


 

अनुसूची – १

परिमाणको बिल (BOQ) / मूल्य तालिका

खरिद शीर्षक: मासुजन्य तथा अण्डा आपूर्ति

सम्झौता अवधि: आर्थिक वर्ष २०८३/०८४

फर्मको नाम तथा ठेगाना:

PAN/VAT नम्बर:

PRICE SCHEDULE (UNIT RATE ONLY INCLUDING VAT)

सि.नं.

विवरण (Particulars)

एकाइ (Unit)

एकाइ दर अंकमा (VAT सहित)

एकाइ दर अक्षरमा (VAT सहित)

चिकेन (तयारी)

के.जी.

 

 

चिकेन मासु (बोनलेस)

के.जी.

 

 

चिकेन किमा

के.जी.

 

 

अण्डा (सानो)

क्रेट

 

 

अण्डा (ठूलो)

क्रेट

 

 

खसीको मासु (तयारी)

के.जी.

 

 

आपूर्ति सम्बन्धी शर्तहरू

  • विद्यालयको माग तथा तोकिएको समयअनुसार आवश्यक परिमाणमा कुखुराको मासु तथा अण्डा नियमित रूपमा उपलब्ध गराउनुपर्नेछ।
  • प्रस्तावित दर नेपाली रुपैयाँ (NPR) मा VAT सहित उल्लेख गर्नुपर्नेछ। उक्त दरमा ढुवानी, प्याकेजिङ, लोडिङ, अनलोडिङ तथा विद्यालय परिसरमा आपूर्तिसम्बन्धी सम्पूर्ण खर्च समावेश भएको मानिनेछ।
  • प्रस्तावित दर सम्झौता अवधिभर स्थिर रहनेछ र खरिदकर्ताको पूर्वलिखित स्वीकृतिबिना कुनै मूल्य वृद्धि गर्न पाइने छैन।
  • आपूर्ति गरिने कुखुराको मासु तथा अण्डा ताजा, स्वच्छ, गुणस्तरीय तथा नेपाल सरकारद्वारा तोकिएको खाद्य मापदण्डअनुसार हुनुपर्नेछ। अण्डा सफा, नफुटेको तथा उपभोगयोग्य हुनुपर्नेछ।
  • आपूर्ति गरिने कुखुराको मासु कम्तीमा २ (दुई) के.जी. वा सोभन्दा बढी तौल भएका जीवित कुखुराबाट तयार गरिएको हुनुपर्नेछ। मासुमा घाँटी, टाउको, पखेटा, खुट्टा, रौँ, आन्द्रा, नङ्ग्रा तथा अन्य अखाद्य भाग समावेश हुनुहुँदैन।
  • बासी, दुर्गन्धयुक्त, बिग्रिएको वा गुणस्तरहीन मासु तथा अण्डा आपूर्ति गरिने छैन। त्यस्ता सामग्री फेला परेमा खरिदकर्ताले अस्वीकार गर्न सक्नेछ र आपूर्तिकर्ताले आफ्नै लागतमा तुरुन्त प्रतिस्थापन गर्नुपर्नेछ। साथै, आपूर्तिकर्ताले अस्वीकृत सामग्रीको मूल्यको १०% जरिवाना तथा खरिदकर्तालाई भएको वास्तविक नोक्सानीसमेत व्यहोर्नुपर्नेछ।
  • विद्यालयले आवश्यकताअनुसार आपूर्ति गरिएको सामग्रीको तौल, परिमाण तथा गुणस्तर निरीक्षण वा परीक्षण गर्न सक्नेछ।
  • आंशिक आपूर्ति स्वीकार गरिने छैन। भुक्तानी विद्यालयले स्वीकार गरेको वास्तविक आपूर्ति परिमाणका आधारमा मात्र गरिनेछ। विद्यालयले आवश्यकताअनुसार आपूर्ति परिमाण बढाउन वा घटाउन सक्नेछ।
  • सम्झौता भंग गर्न चाहेमा कुनै पनि पक्षले कम्तीमा १ (एक) महिनाअगावै अर्को पक्षलाई पूर्वलिखित सूचना दिनुपर्नेछ।
  • सम्झौताको अवधि आर्थिक वर्ष २०८३/०८४ को अन्त्यसम्म कायम रहनेछ।

बोलपत्रदाताको घोषणा

म/हामी यस Annex–I मा उल्लिखित प्राविधिक विशिष्टीकरण, दररेट तथा सम्पूर्ण शर्तहरू अध्ययन गरी पूर्ण रूपमा बुझेको/बुझेका र स्वीकार गरेको/गरेका घोषणा गर्दछु/गर्दछौँ ।

प्रस्तुत गरिएको विवरण तथा कागजातहरू सत्य, पूर्ण र सही रहेको तथा सम्झौता प्राप्त भएमा यस Annex–I मा उल्लिखित दर, गुणस्तर, परिमाण, आपूर्ति सम्बन्धी शर्तहरू तथा अन्य सबै प्रावधानहरूको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु/गर्दछौँ ।

अधिकृत प्रतिनिधिको नाम:

सम्पर्क नं.:

पद:

फर्मको छाप:

हस्ताक्षर:

इमेल:

मिति:

 

 

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • info@kuhs.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails