- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
मूल्य दररेट पेश गर्ने सम्बन्धी सूचना
यस कार्यालयको नियमित आवश्यकता बमोजिम देहायमा उल्लिखित सरसफाइ तथा सामान्य आपूर्ति सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले सम्बन्धित इजाजतप्राप्त तथा इच्छुक आपूर्तिकर्ताहरूबाट मूल्य दररेट (Price Quotation) पेश गर्न अनुरोध गरिन्छ।
आवश्यक सामग्री
|
क्र.सं. |
सामग्रीको विवरण |
अनुमानित परिमाण |
|
१ |
लिक्विड फिनायल (Liquid Phenyl) |
करिब १२० लिटर |
|
२ |
फ्रन्ट लोड वासिङ मेसिनका लागि उपयुक्त वासिङ पाउडर |
करिब ७२ के.जी. |
|
३ |
ह्विल सर्फ (Wheel Surf) / लुगा धुने डिटर्जेन्ट |
करिब १० बोरा |
|
४ |
लिक्विड ह्यान्डवास (Liquid Handwash) |
करिब १२० लिटर |
मूल्य दररेटमा समावेश गर्नुपर्ने विवरण
मूल्य दररेट पेश गर्ने अन्तिम मिति: २०८३ साल भदौ २६ गतेभित्र मूल्य दररेट पेश गरिसक्नुपर्नेछ ।
मूल्य दररेट पेश गर्ने माध्यम: आपूर्तिकर्ताहरूले आफ्नो मूल्य दररेट देहायका कुनै पनि माध्यमबाट पेश गर्न सक्नेछन्-
आपूर्ति सम्बन्धी व्यवस्था
मूल्य दररेट स्वीकृत भई आपूर्तिको पुष्टि/अर्डर प्राप्त भएको मितिले अधिकतम ५ (पाँच) दिनभित्र सम्पूर्ण सामग्री तोकिएको स्थानमा आपूर्ति गरिसक्नुपर्नेछ।
थप जानकारी तथा समन्वय
सामग्रीको स्पेसिफिकेसन, गुणस्तर, मूल्य दररेट पेश गर्ने प्रक्रिया वा अन्य कुनै विषयमा थप जानकारी वा आवश्यक सहयोग चाहिएमा 9842529072 मा सम्पर्क गर्न सकिनेछ ।
नोट: उल्लिखित परिमाणहरू अनुमानित मात्र हुन् र संस्थाको वास्तविक आवश्यकताअनुसार परिमाणमा केही थपघट हुन सक्नेछ। गुणस्तर, प्राविधिक स्पेसिफिकेसन तथा मूल्यको समग्र मूल्याङ्कनका आधारमा प्रस्ताव विचार गरिनेछ ।
धन्यवाद
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails