Secondary logo

शिलबन्दि कोटेशन (Quotation) आव्हानको सूचना – सवारी साधन

2024-09-23

शिलबन्दि कोटेशन (Quotation) आव्हानको सूचना – सवारी साधन

काठमाडौं युनिर्भसिटि हाइ स्कुल
शिलबन्दि कोटेशन (Quotation) – सवारी साधन आव्हानको सूचना
(प्रकाशित मिति २०८१/०६/०८)

यस काठमाडौं युनिर्भसिटि हाइ स्कूलको शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई दैनिक विद्यालय आवत जावत गर्न आवश्यक पर्ने उल्लेखित सवारी साधन मासिक भाडामा उपलब्ध गराउन इच्छुक रजिष्टर्ड यातायात कम्पनीहरुले निम्न कागजातहरु संलग्न गरि शुक्रबार, २०८१/०६/१८  गते दिनको २:०० बजे भित्र यस विद्यालयमा शिलबन्दि कोटेशन पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरुः

  • यातायात साधनको मोडेल २०१६ भन्दा माथि हुनु पर्नेछ ।
  • यातायात साधनको सिट क्षमता ३६ वा सो भन्दा बढी क्षमता भएको यातायात साधन हुनुपर्ने छ।
  • बस सचांलनको समय आवश्यकता अनुसार प्रशासनले तोके बमोजिम हुनेछ ।
  • प्राप्त आवेदनहरु आशिंक वा पूर्ण रुपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार विद्यालयमा निहित रहनेछ ।
  • भ्याटमा दर्ता भएका फर्म÷कम्पनीहरु मध्ये आवश्यक सख्ंया उपलब्ध गराउन सक्नेलाई प्राथमिकता दिईनेछ ।
  • आवेदनमा उल्लेख भएको कबोल रकममा नेपाल सरकारको नियमानुसार लाग्ने सम्पूर्ण कर कट्टा हुनेछ ।
  • पहिलो महिनाको बसभाडा रकम धरौटी स्वरुप राखिने छ ।
  • शिलबन्दी नगरिएको कोटेशन रद्द हुनेछ ।
  • अन्य शर्त विद्यालयको नियमानुसार हुनेछ ।

रुटहरु (दैनिक)


रुटहरु (साप्ताहिक)
सोमबार विद्यालय पुर्याऊन र शुक्रवार् घर पुर्याऊन

आवश्यक कागजातहरु :

  • रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपि
  • नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • सामानहरुको (VAT सहित) कबोल रकम
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटकको कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

सम्पर्कः
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे
फोनः ०११ ४९०३९५

 

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails