काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
करार कर्मचारी माग सम्बन्धी सूचना
(दोस्रो पटक प्रकाशित – संशोधित सूचना)
(प्रकाशित मिति: २०८३/०४/२०)
विद्यालयको दैनिक सञ्चालनमा यातायात व्यवस्थापन तथा विद्यालयका विविध कार्यमा सहयोग पुर्याउनका लागि देहाय बमोजिमको करार कर्मचारी आवश्यक भएकाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
पद विवरण
पद: सहयोगी कर्मचारी (करार)
संख्या: १ (एक)
न्यूनतम योग्यता
- +२ (१२ कक्षा) उत्तीर्ण भएको ।
- उमेर ३५ वर्ष पूरा नभएको ।
- यातायात सेवा प्रदायक तथा चालकहरूसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता भएको ।
- विद्यालय वा शैक्षिक संस्थामा यातायात व्यवस्थापनको जिम्मेवारी बहन गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
मुख्य जिम्मेवारीहरू
- विद्यालय बसहरूको दैनिक सञ्चालन, मार्ग तथा समयतालिकाको समन्वय गर्ने ।
- चालक, विद्यार्थी तथा यातायात सेवा प्रदायकबीच आवश्यक समन्वय गर्ने ।
- विद्यार्थीहरूको सुरक्षित बस चढाइ तथा उतार सुनिश्चित गर्ने ।
- बस, चालक तथा दैनिक सञ्चालनसम्बन्धी अभिलेख राख्ने तथा समस्या उत्पन्न भएमा सम्बन्धित पक्षलाई जानकारी गराउने ।
- विद्यालय गेट, पार्किङ तथा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने ।
- विभागहरूबीच कागजात तथा सामग्री आदानप्रदान गर्ने ।
- विद्यालयका कार्यक्रम, परीक्षा तथा विविध प्रशासनिक कार्यमा सहयोग गर्ने ।
- विद्यालयको फूलबारी, बगैंचा, खेलमैदान तथा चमेना गृहको नियमित हेरचाह तथा व्यवस्थापन गर्ने ।
- विद्यालय व्यवस्थापनले तोकेका अन्य प्रशासनिक तथा सञ्चालनसम्बन्धी कार्यहरू सम्पादन गर्ने ।
प्रारम्भिक करार अवधि: १ (एक) वर्ष (नवीकरणयोग्य) ।
आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा अनुभव प्रमाणपत्र (लागू हुने अवस्थामा) सहित २०८३/०४/२९ गते दिउँसो १:०० बजेसम्म विद्यालय प्रशासन कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
नोट: यसअघि यस सूचनाअनुसार आवेदन पेश गरिसकेका उम्मेदवारहरूले पुनः आवेदन दिनु आवश्यक छैन ।
काठमाडौं युनिभर्सिटी हाई स्कूल (KUHS)
चौकोट, काभ्रेपलाञ्चोक
Kathmandu University High School (KUHS)
Vacancy Announcement for Contract Staff
(Readvertisement – Revised Notice)
(Published Date: 2083/04/20 BS)
Kathmandu University High School (KUHS) invites applications from eligible Nepali citizens for the following contract position to support the school's daily operations, particularly in transportation management and other administrative tasks.
Position Details
Position: Support Staff (Contract)
Number of Vacancies: 1
Minimum Qualifications
- Must have passed Grade 12 (+2) or equivalent.
- Must be under 35 years of age.
- Must have the ability to effectively coordinate with transportation service providers and drivers.
- Candidates with prior experience managing transportation services in a school or educational institution will be given special preference.
Key Responsibilities
- Coordinate the daily operation, routes, and schedules of school buses.
- Facilitate communication and coordination among drivers, students, and transportation service providers.
- Ensure the safe boarding and disembarking of students.
- Maintain records related to buses, drivers, and daily operations, and report any issues to the concerned parties.
- Assist with school gate operations, parking, and traffic management.
- Deliver documents and materials between departments.
- Support school programs, examinations, and various administrative activities.
- Oversee and maintain the school's gardens, playground, and cafeteria on a regular basis.
- Perform other administrative and operational duties assigned by the school management.
Initial Contract Period: One (1) year, with the possibility of renewal.
Application Process
nterested candidates should submit their Curriculum Vitae (CV), copies of academic certificates, a copy of the Nepali citizenship certificate, and an experience certificate (if applicable) to the School Administration Office by 1:00 PM on 2083/04/29 BS.
Note: Candidates who have already submitted their applications in response to the previous vacancy announcement do not need to apply again.
Kathmandu University High School (KUHS)
Chaukot, Kavrepalanchok, Nepal