Secondary logo

कृतज्ञता ज्ञापन

2025-10-17

कृतज्ञता ज्ञापन

२०८२ असोज ३१, शुक्रवार

आदरणीय अभिभावकज्यूहरू, नमस्कार ।


विगत २६ वर्षदेखि म यस विद्यालयमा सेवारत रहँदै आएको छु । साथै, विगत १९ वर्षदेखि विद्यालयको प्राचार्य भएर कार्य सम्पादन गर्ने क्रममा मैले विद्यालयमा तपाईंहरूको साथ, सहयोग र असल मार्गदर्शन प्राप्त गर्दै आएको छु । तपाईंहरूले गर्नुभएको सहयोग, सद्भाव र असल मार्गदर्शनको परिणामस्वरूप म एक कुशल प्रशासक बन्न सफल भएको छु । यी गतिविधिहरू अविस्मरणीय रहनेछन् ।


मिति २०८२ साल असोज ३१ गतेदेखि म विधिवत रूपमा यस विद्यालयबाट अवकाश ग्रहण गर्दैछु । विगतमा मैले यहाँहरूबाट प्राप्त गरेको अपार माया, ममता, प्रेम र सद्भावप्रति गौरव गर्दै हार्दिकतापूर्वक धन्यवाद ज्ञापन गर्दछु । म यहाँहरू प्रति अत्यन्त आभारी छु ।


म सबैलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि व्यक्तिगत जीवनमा हाम्रो सम्बन्ध अमर र प्रगाढ रहनेछ भन्ने कुरामा आशा एवं विश्वास राख्दै, यहाँहरूको अमूल्य साथ र सहयोगलाई स्मरणीय बनाउन निरन्तर प्रयास गर्नेछु ।

तेजेन्द्र प्रकाश राजभण्डारी
प्रधानाध्यापक
काठमाडौं युनिभर्सिटी हाई स्कूल

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails