Secondary logo

सूची दर्ता सम्बन्धी सूचना (२०८३-०३-०२)

2026-06-16

View PDF
सूची दर्ता सम्बन्धी सूचना (२०८३-०३-०२)

विक्रेता सूचीकृत (Vendor Enlistment) सम्बन्धी सूचना आर्थिक वर्ष २०८३/८४

यस विद्यालयमा आ.व २०८३/८४ को लागि आवश्यक पर्ने तपशिलमा उल्लेखित सेवा तथा सामानहरु आपुर्ति गराउनका लागि सम्बन्धित विषयको कारोवार गर्ने इच्छुक इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुबाट मौजुदा सूचि (Standing List) दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र यस विद्यालयमा कार्यालय खुलेको दिनमा २:०० बजे भित्र सूची दर्ताको निवेदन सहित विद्यालय प्रशासनमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

. सूचीकृत गरिने क्षेत्रहरू (Categories of Enlistment)

  • स्टेशनरी तथा कार्यालय सामग्री,
  • फर्निचर तथा फिक्स्चर,
  • विद्युतीय सामग्रीहरू एवम् सूचना प्रविधि उपकरण,
  • हार्डवेयर एवम् निर्माण सामग्रीहरू,
  • सरसफाइ तथा व्यक्तिगत प्रयोगका सामग्री,
  • मर्मत सम्भार सेवा (विद्युतीय, प्लम्बिङ तथा काठ सम्बन्धी कार्य),
  • खेलकुद सामग्री तथा उपकरण,
  • विज्ञान प्रयोगशाला सामग्री,
  • कला सम्बन्धी सामग्री,
  • प्रेस तथा मुद्रण सेवा,
  • सङ्गीत सम्बन्धी सामग्री,
  • औषधिजन्य सामग्री,
  • अन्य विविध सेवा (माथि उल्लेखित बाहेक) ।

. योग्यता (Eligibility Criteria)

आवेदकले निम्न कागजात तथा मापदण्डहरू पूरा गरेको हुनुपर्नेछः

  • वैध फर्म दर्ता प्रमाणपत्र,
  • PAN/VAT दर्ता प्रमाणपत्र,
  • पछिल्लो कर चुक्ता प्रमाणपत्र (आर्थिक वर्ष २०८१/८२),
  • कुनै सरकारी निकाय वा संस्थाबाट कालोसूची (Blacklisted) मा नपरेको ।

. आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

  • पूर्ण रूपमा भरिएको अनुसूची (Vendor Application Form),
  • फर्म दर्ता, PAN/VAT तथा कर चुक्ता प्रमाणपत्रका प्रतिलिपिहरू (आर्थिक वर्ष २०८१/८२),
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) को खाता नं. 00505030250122 मा जम्मा गरिएको रु. ,०००/- (फिर्ता नहुने) शुल्कको बैंक भौचर ।

. आवेदन प्रक्रिया

  • तोकिएको अन्तिम मितिभित्र KUHS प्रशासन कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
  • प्रत्येक आवेदनमा सूचीकृत हुन चाहेको क्षेत्र (Category) स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।
  • अपूर्ण वा आवश्यक कागजात नसमेटिएका आवेदनहरू विचार गरिने छैनन्।
  • आवेदन प्राप्त भएपछि सम्बन्धित विक्रेतालाई प्राप्ति पत्र (Letter of Receipt) प्रदान गरिनेछ।

. अन्तिम सूची प्रकाशन

सूचीकृत प्रक्रिया सम्पन्न भएपछि छनोट तथा सूचीकृत भएका विक्रेताहरूको अन्तिम नामावली KUHS को आधिकारिक वेबसाइट तथा सूचना पाटीमा प्रकाशित गरिनेछ।

प्रशासन शाखा

काठमाडौँ युनिभर्सिटी हाई स्कूल (KUHS)

Click here to Download Vendor Application Form

 

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • info@kuhs.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails