Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाडौं युनिर्भसिटि हाइ स्कुल
चौकोट, काभ्रे
खाद्यवस्तु (मासु तथा अण्डा) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२
सर्तहरुः
१) तोकिएका दिनका लागि तोकिएको परिमाणमा मासु तथा अण्डा उपलब्ध गराउनुपर्ने ।
२) दर भाउ वर्षभरि घट बढ नहुने ।
३) मासु तथा अण्डा ताजा र गुणस्तरको हुनुपर्ने ।
४) मासुमा घाँटी, पखेटा, खुट्टा र टाउको बाहेकको हुनुपर्ने ।
५) मासु कम्तीमा दुई किलो भन्दा ठूलो कुखुराको मात्र हुनुपर्ने ।
६) उचित सरसफाई गरिएको मासु हुनुपर्ने, रौ, आन्द्रा, नङ्ग्रा लगाएतका अखाद्य तत्व हुन नहुने ।
७) बासी वा गन्ध आउने मासु हुन नहुने, आएमा फिर्ता गरिने र सो दिनको पहिलो पक्ष भूक्त्तानी दिन बाध्य नहुने ।
८) जिउदो कुखुरा जोखेर तयार गरिएको मासु उपलब्ध गराउनुपर्ने ।
९) सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १ महिनाको समय दिएर एक पक्षले अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने ।
१०) पहिलो महिनाको रकम धरौतीस्वरुप राखिने ।
११) सम्झौताको अवर्धि २०८२ आषाढ मसान्तसम्म कायम रहने ।
दर्ता न. :
कोटेशन पेश गर्नेको नाम थर :
ठेगाना :
फर्मको नाम :
फर्मको छाप :
दस्तखत :
फोन नं. :
Email Address: