Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाण्डौ यूनिभर्सिटी हाई स्कूल
सिलबन्दी कोटेशन (Quotation) आह्वानको सूचना
(प्रकाशित मिति २०८२/०५/२६)
यस काठमाण्डौ यूनिभर्सिटी हाई स्कूलको क्यान्टिन संचालनको लागि आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामग्री, तरकारी तथा फलफूल र मासुजन्य सामग्री आपूर्ति गर्ने पर्ने हुँदा इच्छुक रजिष्टर फर्म/कम्पनीहरुले निम्न कागजातहरु संलग्न गरि २०८२/०५/३० गते दिनको २:०० बजे भित्र सिलबन्दी गरि विद्यालय प्रशासनमा सम्पर्क राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु:
- आफूले कबोल गरेको कबोल रकमको वार्षिक हुन आउने कूल अंकको ५ (पाँच) प्रतिशत रकम नेपाल इन्भेष्टमेन्ट मेघा बैंक बनेपा शाखामा का.वि.वि.को नाममा रहेको ब.हि.नं. ००५०५०३०२५०१२२ मा जम्मा गरेको बैंक भौचर वा कम्तीमा १३ महिनाको बैंक ग्यारेन्टी मध्ये कुनै एकको निससा फारमसाथ पेश गर्नुपर्ने छ ।
- आपूर्तिकर्ताहरुले आफूेले सप्लाई गर्ने खाद्यान्नको कबोल (Fixed Rate per Item) पेश गर्नुपर्नेछ । खाद्यान्न आपूर्ति गर्ने करार अवधि (१ वर्ष) भित्र कुनै किसिमको मूल्य वृद्धि दिइने छैन ।
- तरकारी तथा फलफूलको हकमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रुपमा निर्धारण गरेको औसत थोक मूल्यको आधारलाई मापदण्ड बनाइने छ । आपूर्तिकर्ताहरुले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रुपमा निर्धारण गर्ने मूल्यमा के कति प्रतिशत कम वा बढीमा आपूर्ति गर्न सक्ने हो सो उल्लेख गर्नुपर्ने छ । ढुवानी वा अन्य अतिरिक्त शुल्क लाग्ने/नलाग्ने, लागेमा के कति लाग्ने सो प्रष्ट रुपमा उल्लेख गरि विवरण पेश हुनुपर्ने छ ।
- बेकरी र मासुजन्य पदार्थहरु (Chicken, Mutton, Fish, Egg) को कबोल (Fixed Rate per item) पेश गर्नुपर्नेछ । बेकरी र मासुजन्य पदार्थहरु आपूर्ति गर्ने करार अवधि (१ वर्ष) भित्र कुनै किसिमको मूल्य वृद्धि दिइने छैन ।
- का.वि.हा. स्कूलबाट बोलपत्र खरीद गरेको रु १,०००/- (एक हजार) रसिदको प्रतिलिपी लिएर विद्यालयमा बुझाई सम्बन्धित फारमहरु प्राप्त गर्न सक्नुहुने छ ।
- सिलबन्दी नगरिएको कोटेशन रद्द गरिनेछ ।
- प्राप्त आवेदनहरु आंशिक वा पूर्ण रुपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार विद्यालयमा निहित रहनेछ ।
आवश्यक कागजातहरु:
- रजिष्टर्ड फर्म कम्पनीको प्रमाणपत्रको प्रतिलिपी ।
- सामानहरुको (VAT सहित) कबोल रकम ।
- नवीकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा पछिल्लो पटक कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी ।
सम्पर्क:
काठमाण्डौ यूनिभर्सिटी हाई स्कूल
चौकोट, काभ्रे
फोन: ०११-४९०३९५