Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाडौं युनिर्भसिटि हाइ स्कुल
शिलबन्दी कोटेशन (Quotation) – क्यान्टिन संचालन आव्हानको सूचना
(प्रकाशित मिति २०८१/०६/०८)
यस काठमाडौं युनिर्भसिटि हाइ स्कूलको क्यान्टिन संचालनको लागी आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामाग्री, दुध, तरकारी तथा फलफूल र मासुजन्य सामाग्री आपूर्ति गर्नुे पर्ने हुँदा इच्छुक रजिष्टर फर्म/कम्पनीहरुले निम्न कागजातहरु संलग्न गरि शुक्रबार, २०८१/०६/१८ गते दिनको २:०० बजे भित्र शिलबन्दी गरि विद्यालय प्रशासनमा सम्पर्क राख्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु :
- आपूर्तिकर्ताहरुले आफुले सप्लाई गर्ने खाद्यान्नको कबोल (Fixed Rate per Item) पेश गर्नुपर्नेछ । खाद्यान्न आपूर्ति गर्ने करार अवधि (१ वर्ष) भित्र कुनै किसिमको मूल्य बृद्धि दिईने छैन ।
- तरकारी तथा फलफूलको हकमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रुपमा निर्धारण गरेको औसत थोक मूल्यको आधारलाई मापदण्ड बनाइने छ । आपूर्तिकर्ताहरुले कालिमाटी फलफूल तथा तरकारी बजार विकाश समितिले दैनिक रुपमा निर्धारण गर्ने मूल्यमा के कति प्रतिशत कम वा बढिमा आपूर्ति गर्न सक्ने हो सो उल्लेख गर्नुपर्ने छ । ढुवानी वा अन्य अतिरिक्त शूल्क लाग्ने / नलाग्ने, लागेमा के कती लाग्ने सो प्रष्ट रुपमा उल्लेख गरी विवरण पेश हुनुपर्ने छ ।
- दुध, बेकरी र मासुजन्य पदार्थहरु (Chicken, Mutton, Fish, Egg) को कबोल (Fixed Rate per Item) पेश गर्नुपर्नेछ । दुध, बेकरी र मासुजन्य पदार्थहरु आपूर्ति गर्ने करार अवधि (१ वर्ष) भित्र कुनै किसिमको मूल्य बृद्धि दिईने छैन ।
- सम्बन्धित फारमहरु (खाद्यान्नको सुची) विद्यालयको वेवसाइट (https://kuhs.edu.np) बाट डाउनलोड गर्न सकिने छ ।
- शिलबन्दी नगरिएको कोटेशन रद्द गरिनेछ ।
- प्राप्त आवेदनहरु आशिंक वा पूर्ण रुपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार विद्यालयमा निहित रहनेछ ।
आवश्यक कागजातहरु :
- रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपि ।
- सामानहरुको (VAT सहित) कबोल रकम ।
- नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटकमा कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।
सम्पर्कः
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे
फोनः ०११ ४९०३९५