Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाडौं विश्वविद्यालय हाइ स्कुल
शिलबन्दी बोलपत्र (Tender) को सूचना
(प्रकाशित मिति: २०८२/०५/२०)
यस काठमाडौं विश्वविद्यालय हाइ स्कुलका विद्यार्थी तथा कर्मचारीहरू दैनिक काठमाडौं–धुलिखेल तथा बनेपा भ्यालीमा आवतजावत गर्न आवश्यक पर्ने उल्लेखित सवारी साधन मासिक भाडामा उपलब्ध गराउन इच्छुक रजिस्टर्ड फर्म/कम्पनीहरूले विद्यालयको वेबसाइट www.kuhs.edu.np मा उल्लेख गरिएबमोजिमका कागजातहरू संलग्न गरी २०८२/०५/२० मा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १५औँ (पन्ध्रौँ) दिनको १२:३० बजेभित्र खरिद गरी १:०० बजेभित्र यस विद्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। बोलपत्र फाराम रु १०००/- (एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, बनेपा शाखा, काभ्रेमा रहेको यस विद्यालयको खाता नं. ००५०५०३०२५०१२२ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी, यस विद्यालयको चौकोटबाट लिन सकिनेछ।
आवश्यक सवारी साधनको विवरण
क्र.सं. | सवारी साधनको किसिम | विवरण | आवश्यक सङ्ख्या |
१ | बस | ३६ वा सोभन्दा बढी सिट क्षमता, २x२ फोल्डिङ फुल साइज सिट, पछाडि अड्रेस लाग्ने भाग पूरा भएको, सन् २०१६ वा सोभन्दा नयाँ मोडल। | * (आवश्यकताअनुसार थप–घट हुन सक्छ) |
२ | जीप | १२ घण्टा र आवश्यकताअनुसार | १ |
प्रधानाध्यापक
काठमाडौं विश्वविद्यालय हाइस्कुल, चौकोट, काभ्रे।
शर्तहरू:
- आफूले कबोल गरेको कबोल रकमको वार्षिक हुन आउने कुल अङ्कको ५ (पाँच) प्रतिशत रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, बनेपा शाखामा का.वि. हाइ स्कुलको नाममा रहेको खाता नं. ००५०५०३०२५०१२२ मा जम्मा गरेको बैंक भौचर वा कम्तीमा १३ महिनाको बैंक ग्यारेन्टीमध्ये कुनै एकको सक्कल बोलपत्रसाथ पेश गर्नुपर्नेछ।
- काठमाडौँका विभिन्न रूटहरूबाट धुलिखेलका लागि साथै बनेपा भ्यालीमा ओहोरदोहोर हुने गरी बसहरू चल्नेछन्। विभिन्न रूटहरू भए तापनि समग्रमा कबोल रकम प्रति महिना प्रति बसको डिजेल तथा सम्पूर्ण करसहित अङ्क र अक्षरमा दिनुपर्नेछ। रूटहरूको विवरण बोलपत्र फाराममा उपलब्ध हुनेछ।
- बस सञ्चालनको समय आवश्यकताअनुसार प्रशासनले तोकेबमोजिम हुनेछ।
- प्राप्त आवेदनहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार विद्यालयमा निहित रहनेछ।
- उल्लेखित सङ्ख्यामा आवश्यकताअनुसार थपघट हुन सक्नेछ।
- भ्याटमा दर्ता भएका फर्म/कम्पनीहरूमध्ये आवश्यक सङ्ख्या उपलब्ध गराउन सक्नेलाई प्राथमिकता दिइनेछ।
- आवेदनमा उल्लेख भएको कबोल रकममा नेपाल सरकारको नियमानुसार लाग्ने सम्पूर्ण कर कट्टा हुनेछ।
- अन्य शर्तहरू विश्वविद्यालयको नियमानुसार हुनेछ।
आवश्यक कागजातहरू:
- रजिस्टर्ड फर्म/कम्पनीको प्रमाणपत्रको प्रतिलिपि।
- नवीकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- सञ्चालन हुने बसहरूको ब्लुबुकको प्रतिलिपि।
- सञ्चालन हुने बसहरूमा यात्रा गर्ने यात्रुको बीमाको प्रतिलिपि।
- मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा नियमानुसार पछिल्लो पटकको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि।
सम्पर्क:
काठमाडौं विश्वविद्यालय हाइस्कुल, चौकोट, काभ्रे। फोन: ०११-४९०३७५
काठमाडौं विश्वविद्यालय हाइ स्कुल
चौकोट, काभ्रे
सवारी साधन मासिक भाडामा उपलब्ध सम्बन्धी शिलबन्दी बोलपत्रको कबोल फाराम
Click to download Form
१ | फर्म वा कम्पनीको नाम * | |
२ | PAN/VAT नं. * | |
३ | सवारी बनेको साल र मोडेल नं. (सन् २०१६ वा सोभन्दा नयाँ मोडेल) * | |
४ | सवारी साधनको प्रकार | बस तथा जीप |
५ | सवारी साधनको सिट क्षमता * | |
६ | सिटको बनावट | २x२ फोल्डिङ फुल साइज सिट, पछाडि अड्रेस लाग्ने भाग पूरा भएको |
७ | उपलब्ध गराउन सक्ने सङ्ख्या * | |
८ | सवारी चालकको खर्च तथा अन्य खर्च | आवेदक आफैँले बेहोर्ने |
९ | वैकल्पिक व्यवस्था | अनिवार्य हुने |
१० | प्रति महिना प्रति बसको डिजेल तथा सम्पूर्ण करसहित अङ्क र अक्षरमा कबोल रकम | अङ्कमा:– अक्षरमा:– |
(* अङ्कित विवरण अनिवार्य)
आवेदन दिने आधिकारिक व्यक्तिको नाम :
आवेदन दिने आधिकारिक व्यक्तिको हस्ताक्षर :
रजिस्टर्ड फर्म/कम्पनीको छाप :
सम्पर्क ठेगाना :
सम्पर्क नम्बर :
वैकल्पिक सम्पर्क नम्बर :
इमेल :
रूटहरू (दैनिक)
रूट | समय तालिका |
पनौती – स्कुल – पनौती | बिहान ३ चोटि र साँझ ३ चोटि |
के.यु. – स्कुल – के.यु. | बिहान ३ चोटि र साँझ ३ चोटि |
२५ किलो – स्कुल – २५ किलो | बिहान ३ चोटि र साँझ ३ चोटि |
बासँघारी – अड्डा बजार – स्कुल – बासँघारी – अड्डा बजार | बिहान २ चोटि र साँझ २ चोटि |
साँगा – स्कुल – साँगा | बिहान १ चोटि र साँझ १ चोटि |
कलङ्की – स्कुल – कलङ्की | बिहान १ चोटि र साँझ १ चोटि |
गौशाला – स्कुल – गौशाला | बिहान १ चोटि र साँझ १ चोटि |
एकान्तकुना – स्कुल – एकान्तकुना | बिहान १ चोटि र साँझ १ चोटि |
जीप | १२ घण्टा र आवश्यकताअनुसार |
रूटहरू (साप्ताहिक)
सोमबार स्कुल पुर्याउने र शुक्रबार घर पुर्याउने
सोमबार | शुक्रबार |
माछापोखरी – विद्यालय | विद्यालय – माछापोखरी |
गल्फुटार – विद्यालय | विद्यालय – गल्फुटार |
बालाजु पेट्रोल पम्प – विद्यालय | विद्यालय – बालाजु पेट्रोल पम्प |
महांकाल मन्दिर – विद्यालय | विद्यालय – महांकाल मन्दिर |
सातदोबाटो – विद्यालय | विद्यालय – सातदोबाटो |
कुपण्डोल – विद्यालय | विद्यालय – कुपण्डोल |
सीतापाईला – विद्यालय | विद्यालय – सीतापाईला |